१० असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २४ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप ११४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।






