९ असार,काठमाण्डौ ।
नेपालमा दिनप्रतिदिन कोरोनाभाइरसको संक्रमित ठुलो मात्रामा बढीरहेका बेला मृत्यु हुनेको संख्यामा समेत बृद्दी भैइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या २४ पुगेको छ ।वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष ९आईसीयूमा उपचारत दैलेख दुल्लु नगरपालिका—३ का ४५ वर्षीय
पुरुषको असार ८ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । मृतक लामो समयदेखि क्षयरोग र दम रोगबाट पनि ग्रसीत थिए ।






