६ असार,काठमाण्डौ ।
चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ।चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । गलवान भ्यालीमा चीन र भारतका सैनिकबीच हिंसात्मक झडप भएको थियो ।






