नेपालमा २४ घण्टामा ५८६ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ७१७७ पुग्यो

३ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो । आजै विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोना निको भएर घर फर्किनेको संख्या एक हजार भन्दा बढी पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।