२ असार,काठमाण्डौ ।
मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६५९१ पुगेको छ । मन्त्रालयका अनुसार रौतहटका १०२ जना दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०-१० जनाको रिपोर्ट पोजेटिभ
आएको छ ।धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५-५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४-४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३-३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १-१ जनामा संक्रमण पुष्टि भएको छ । साथै अहिले सम्म कोरोनाभाइरसकै कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।






