पहिरोमा पुरिने ५ को शव भेटियो, ४ अझै वेपत्ता

३२ जेठ,काठमाण्डौ ।
पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ काफलचौरमा शनिबार राति पहिरोले घर बगाउँदा मृत्यु हुने ५ जनाको शव फेला परेको छ । घटनामा अन्य ४ जना अझै बेपत्ता छन्। शनिबार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरेको हो। भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शव फेला परेको छ ।पहिरोले पुरीएका दिपा थापा र कमला विकको शव भेटिएको हो । यस अघि स्थानीय ५२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती नीलकुमारी थापा र ८ वर्षीया नातिनी बिबिसा थापाको शव भेटिएको थियो । अब बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् । थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको जिप्रका पर्वतले विज्ञप्तिमार्फत जनाएको छ। जिप्रकाबाट घटनास्थल अन्दाजी १२र१३ किमि पूर्वमा पर्ने प्रहरीको भनाइ छ। घटना शनिबार राति ९ बजे भएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।