२९ जेठ,काठमाण्डौ ।
बिभिन्न देशमा लकडाउनका कारण समस्यामा परेका वा नेपाल फर्कनै पर्ने अबस्थामा रहेकाहरुका लागि चार्डट बिमानको भाडादर तोकेको छ । पहिलो चरणको उद्धार उडानका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रेटसुचि तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्रलाई बुझाएको छ।मन्त्रालयले बिदेशका नेपालीलाई ल्याउन जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको
छ । यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुने छन् ।उद्धार उडानका लागि मन्त्रालयले नेपाल बाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ । पर्यटन मन्त्रालयले केही विदेशी एयरलाइन्स प्रयोग गर्ने निर्णय गरेको छ । विभिन्न देशका ५६ हजारले मानिसहरु नेपाल फर्किन चाहे पनि परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ ।
सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।
असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ। असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।
यस्तो छ भाडादर (अमेरिकी डलरमा)
दमाम(साउदीअबर)- ५९०,रियाद- ६३०,जेद्हा -७७०,जोर्डन -८१५,साइप्रस- ८७५,नारिता -९३५,खार्तुन(सुडान) -९४०,फ्रयाङकफर्ट- १२५५,लन्डन – १३४०,बांगलादेश -१६५,नयाँ दिल्ली -२०५,मुम्बइ -३१०,बैंगलोर -३३५,बैंकक- ३९०,कम्बोडिया -४००,दुबइ- ५००, आवुदाबी- ५००,सारजाह -५००,माल्दिभ्स -५०५,ओमन- ५१०,क्वाललम्पुर- ५२०,दोहा -५४५,बहराइन -५४५,हङकङ -५५०,कुवेत -५७० अष्ट्रेलियाको भाडादर भने सार्बजनिक भएको छैन ।







