नेपालमा २४ घण्टामा २७९ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ४ हजार ३६४ पुग्यो

२८ जेठ,काठमाण्डौ ।
बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए ।मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्र्किको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।नेपालमा दिनप्रतिदिन कोरोनाभाइरसको संक्रमण बढ्दै गर्दा देशभरका ब्यबसायीहरु भने लकडाउन खुलाउन सरकारलाई दबाब दिइरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।