बिदेशबाट नेपाल फर्कने बिमान ३ बजे भित्र अबतरण हुनुपर्ने

२८ जेठ,काठमाण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिदेशबाट स्वदेस आउने नेपालीहरुको क्वारेन्टिनको ब्यबस्थाको सहज बनाउनका लागि बिदेशबाट उद्दार गरेर आउने बिमान दिउसो ३ बजे भित्र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण हुनुपर्नेछ ।बिमान राती आउदा यात्रुहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा राख्नका ब्यबस्थापनका लागि असहज परिस्थित हुनाले सो समय भित्र आउनु पर्ने नियम राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाभाइरसका कारण लकडाउनमा फसेका अष्ट्रेलियाबाट ११ जना,म्यानमार बाट २६ जनालाई सरकार उद्दार गरेको छ । १६९ जना नेपालीहरुलाई सयुक्त अरब इमिरेट्स सरकारले उद्दार गरे पनि उनीहरुलाई भने नेपाल सरकारले नै क्वारेन्टिनको ब्यबस्था गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।