२८ जेठ,कालिकोट ।
करिब ५० जना यात्रु बोकेर क्वारेन्टाइनमा छोड्न लगेको टिप्पर कर्णाली नदीमा खसेको छ । टिप्परमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरिएको थियो । दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीय दिलबहादुर शाहीले जानकारी दिए
। उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । क्षमताभन्दा धेरै यात्रु बोकेको कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । अन्नपुर्णपोष्टको सहयोगमा






