कोरोना कहरःनेपाल एसियाकै रेड जोनमा,लकडाउन नखोल्न डब्ल्यूएचओको आग्रह

२५ जेठ,काठमाण्डौ ।
पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाईरसको संक्रमण युरोप,अमेरिका लगायतको देशहरुमा नियन्त्रणमा आएका बेला नेपालमा दिन प्रतिदिन तिब्ररुपमा संक्रमण फैलिएका कारण डब्ल्यूएचओले समेत चासो देखाएको छ । भारतमा कोरोनाभाइरसको संक्रमित ईटलीलाई समेत जितेका बेला भारतबाटै नेपालमा कोरोना भित्रिएका कारण नेपाल समेत एसियाकै रेड जोनमा रहेको बताइएको छ । नेपालमा कोरोना संक्रमित ३ हजार २ सय ३५ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसै बिच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन् । उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन: सल्किने बताए ।

विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे। उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड-१९ बारे विश्वलाई समयमै सचेत गराएको बताए । ‘पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा र्गयौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,’ जिनिभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड-१९ लाई अन्तर्रा्ष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो । मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो।महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो।‘केही गल्ती नगरौँ हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।’ भाइरसलाई निकै खतरनाक बताउँदै उनले भने, ‘प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।