२३ जेठ,काठमाण्डौ ।
नेपालमा गत २४ घण्टामा थप २ सय ७८ जनामा कोरोनाभाइरस पुष्टी भएको छ । यो संगै कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ जना पुगेको छ ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंङमा प्रबक्ता बिकास देवकोटाले सो बताएका हुन् । नेपालमा अहिले सम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।






