नेपालमा कोरोनाले थप एकको मृत्यु,मतक संख्या ११ पुग्यो

२३ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दो छ । संक्रमण बढे संगै कोरोनाभाइरस बाट मृत्यु हुने नेपालीको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । बिहिबार थए एकको मृत्यु संगै मृतक संख्या ११ पुगेको हो ।बिहीबार बिहानमा सुर्खेत स्थित पखंपुरी नगरपालिका–९ विद्यापुरको जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो । उनको मृत्युपश्चात गरिएको स्वाब को परिक्षणमा कोरोनाभाइरस पोजेटिभ पुष्टी भएको हो ।प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा आज उनमा कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।