नेपालमा ब्यापारीले लकडाउन तोड्दै पसल खोले

२२ जेठ,काठमाण्डौ ।
काठमाण्डौ लगायतका केहि जिल्लाका ब्यापारीहरुले आज देखि सरकारले घोषणा गरेको लकडाउनलाई तोडेरै ब्यापार-ब्यबसाय सुचारु गरेका छन् ।व्यवसायीहरुले आजबाट नियमित रुपमा पसल खोल्ने समेत जनाएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेको छ ।महासंघको बुधबार बसेको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवाद्वारा जारी विज्ञप्तिमा जनाइएका छ । उपत्यका भित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु सञ्चालनमा आउने विज्ञप्तिमा उल्लेख छ ।खुलेका पसलमा सरकारले वल प्रयोग गरी बन्द गराएमा भाडा, बैंकको ब्याज, कर तथा कर्मचारीको तलबभत्तासमेत उपलब्ध नगराउने महासंघले निर्णय गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।