२१ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बुधाबार दिउसो ४ बजे सम्ममा २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि गरेका हुन् । यस्तै नेपालमा हालसम्म ९ जनाको मृत्यु भएको छ ।
बुधबार नै शिक्षण अस्पतालमा उपचाररत दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाले मृतकको संख्या ९ पुगेको छ ।बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।






