नेपालमा कोरोनाले थप १ को मृत्यु,मृतक संख्या ९ पुग्यो

२१ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टी भएको छ । दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भए संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधबार मृत्यु भएका बृद्दको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।