अन्ततः अमेरिकी प्रहरीले मागे माफी,प्रदर्शन अझै जारी

२० जेठ,टेक्सास ।
अमेरिका स्थित मिन्नेसोटामा प्रहरी नियन्त्रणमा मारिएका युबा जर्ज फ्लोयडको न्यायका लागि पछिल्लो समय अमेरिकाको बिभिन्न दर्जन भन्दा बढी राज्यमा काला जातीहरुले ब्यापक प्रदर्शन गरेका छन् । काला जाती भन्दै प्रहरीले बिभेद गरेको भन्दै काला जातीले चर्को आन्दोलन गरिरहेका छन् । फ्लोयडको मृत्यु संगै प्रदर्शनकारीहरुले हिंस्रक प्रदर्शन गरिरहेका बेला अमेरिकी प्रहरीले घुडा टेकेरै सार्बजनिक रुपमा माफी मागेका छन् । फ्लोरिडाको मायामीमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरू सडकमा आउँदा प्रहरी अधिकारीहरूले घुँडा टेकेका हुन् । प्रदर्शनकारीहरूमाथि बल प्रयोग नगरी काला जातिका मानिसको मृत्युका लागि उनीहरूले माफी मागे । उनीहरूको त्यस्तो व्यवहार देखेपछि मानिसहरूको आक्रोश शान्त भयो र उनीहरूले रुँदै प्रहरीसँग अँगालो हाले ।

अन्य ठाउँमा चाहिँ हिंसात्मक प्रदर्शन जारी रहे । ह्वाइट हाउस नजिकै प्रदर्शनकारीहरूले बीच सडकमा आगजनी गरेका थिए । केहीले नजिकैको भवनमा रहेको अमेरिकी झण्डा निकालेर जलाएका समेत थिए । यस्तै प्रदर्शनका क्रममा फरक किसिमको एक झण्डा समेत बोकेका थिए । अमेरिकाका करिब ४० ठूला शहरमा प्रदर्शन रोक्न कर्फ्यु लगाइएको छ । नेसनल गार्डका लगभग पाँच हजार सैनिक र एयरम्यानलाई १५ राज्य तथा वाशिङटन डीसीमा तैनाथ गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।