रुकुम घटना : थप एक जनाको शव फेला

१४ जेठ,काठमाण्डौ ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार राती भएको घटनामा थप एक जनाको शब बुधबार भेरी नदीमा फेला परेको छ ।भेरी नगरपालिका–४ नवराज विक आफ्नो प्रेमिकालाई लिन १९ जना युबाहरु सहित अपहरण शैलीमा राती प्रेमीकाको घर गएपछि प्रेमीकाको गाँउलेहरु र केटा पक्षबिचको झडपमा गाउँलेहरुले उनीहरुलाई लेखेटका स्थानीयहरुले बताएका छन् ।घटनामा केटा पक्षका घाइतेहरुले भने गाँउलेहरुले कुटि-कुटि मारेको बताइरहेका बेला लोकेन्द्र सुनारको शब भेरी नदीमा भेटिएको हो । यस अघि नबराज सहित ३ जनाको शब फेला परिसकेको छ ।यसैगरी भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् । उनीहरुको खोजीकार्य भैइरहेको प्रशासनले बताएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।