स्वास्थ्यमन्त्री भानुभक्त ढकालमा कोरोना नेगेटिभ

१४ जेठ,काठमाण्डौ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएको छ । मन्त्री ढकाल बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक आफन्त महिलालाई भेटेका थिए । उपचाररत ती महिलामा शनिबार कोरोनाभाइरस संक्रमित पुष्टी भएसंगै मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् ।यस अघि पनि मन्त्री ढकालले भेटेका एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ रिपोर्ट आए लगत्तै पनि पिसिआर परिक्षण गरिएको थियो र आज मंगलबार पुनः स्वाब संकलन गरिएको थियो । उक्त रिपोर्ट नेगेटिभ आएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।