नेपालमा थप ११ मा कोरोना,संक्रमित संख्या ७८४

१४ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसको संक्रमित संख्यामा ११ जना थपिएका छन् । यो संगै कुल संक्रमित संख्या ७ सय ८४ पुगेको छ ।मंगलवार साँझ मात्र प्रदेश नम्बर २ अन्तर्गत पर्ने जिल्ला सप्तरीमा ११ जना नयाँ संक्रमित भेटिएका हुन् । स्वाब परिक्षणको रिपोर्ट ढिलो आएकोले यसबारे स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा जानकारी दिन सकेन ।सप्तरीमा बोदेबरसाईन नगरपालिकाको ८ जना, बलान विहुल गाउँपालिकाको २ जना र सुरुगां नगरपालिकाको १ जना गरेर ११ जना संक्रमित भएका हुन । उनीहरु भारतका विभिन्न स्थानबाट आएको बुझिएको छ । यो संगै प्रदेशमा संक्रमितहरुको संख्या २ सय ७९ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।