चौरजहारी घटनाः फेसबुकमा देखियो श्रीमान-श्रीमतीको भाब

१३ जेठ,काठमाण्डौ ।
शनिबार राती करिब ७ बजेको समयमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनालाई लिएर यतिबेला संसदभबन समेत तातेको छ । मंगलबार संसदमा यसै घटनामा चर्काचर्की भयो ।२२ बर्षीय जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का नबराज बिक र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीकी १७ बर्षीय शुष्मा मल्ल ठकुरी बिचको प्रेमपछिको बिहेका सन्दर्भलेउत्पन्न गराएको घटनामा ३ जनाको मृत्यु भईसकेको छ । भने ३ जना भेरी नदीमा बेपत्ता छन् । नबराज बिक आफ्नी प्रेमीकालाई लिन अन्य १८ जना साथी लिएर मल्लको घर गएपछि समस्या उत्पन्न भएको थियो । उनीहरुलाई मल्लका परिवार र गाँउलेहरुले आक्रमण गरेका खबर आईरहेका छन् । यसैबिच मृतक बिक र प्रेमीका मल्लको फेसबुक चेक गर्दा उनीहरु करिब डेढ बर्ष देखि प्रेम सम्बन्धमा रहेको उनीहरुको फेसबुक प्रोफालमा देखिन्छ । नबराजले मल्ललाई बुढी समेत भन्ने गरेको फेसबुकमा प्रस्ट देखिन्छ ।

नबराजले फेसबुक प्रोफालको ईन्ट्रोमा नै लबयु सुस्मा लेखेका छन् । उनले पटक पटक सुष्माको फोटोलाई प्रोफाल पिक्चर बनाउदै बुढी समेत लेखेका छन् । यस्तै मल्लले समेत नबराजको फोटो पोष्ट गर्ने गरेको देखिन्छ । यि दुईको कमेन्टमै माया प्रेम समेत झल्किएको छ । दुबै जनाको फेसबुक हेर्दा दुबै पक्षका परिवारजनलाई यि दुईको प्रेम सम्बन्धका बारे जानकार थिए । यो घटनालाई अहिले जातिय दन्दका रुपमा हेर्न थालिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।