होम क्वारेन्टाइनमा स्वास्थ्य मन्त्री ढकाल

१३ जेठ,काठमाण्डौ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि आफ्नै निवासमा क्वारेन्टाइनमा बसेका छन् । मन्त्री ढकालले बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक आफन्त महिलालाई भेटेका थिए । उपचाररत ती महिलामा शनिबार कोरोनाभाइरस संक्रमित पुष्टी भएसंगै मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् । मन्त्री ढकालको यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ रिपोर्ट आए लगत्तै पनि पिसिआर परिक्षण गरिएको थियो र आज मंगलबार पुनः स्वाब संकलन गरिएको छ । रिपोर्ट आजै बेलुका सम्म आउछ, रिपोर्ट आएपछि मात्र मन्त्री ढकालको आगामी कार्यक्रम तय हुने मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।