नेपालमा कोरोनाबाट चौंथो व्यक्तिको मृत्यु पुष्टि

१२ जेठ,काठमाण्डौ ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका एक वृद्धमा कोरोना पोजेटिभ पुष्टी भएको छ । यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । ७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । नारायणी मेडिकल कलेजका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको सेतोपाटीले लेखेको छ ।’शंकास्पद लक्षण देखिएका ती बृद्दाको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको उपाध्यायले जानकारी दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।