स्वयम्भु प्रहरी प्रभागमा गोली चल्यो,असईको घटनास्थलमै मृत्यु

११ जेठ,काठमाण्डौ ।
काठमाण्डौको स्वयम्भु स्थित महानगरीय प्रहरी प्रभागमा गोली चलेको छ । ड्युटीमा खटिएकै अवस्थामा प्रहरी माथी गोली प्रहार भएको स्रोतले दाबि गरेको छ । गोली लागि असई महेश कार्कीको ज्यान गएको छ ।कसले गोलि प्रहार गरेको पहिचान हुन सकेको छैन । घटनाको अवस्था हेर्दा भने उनी आफैँले गोली हानेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।उनी कुर्सीमा बसेकै अवस्थामा गोली हानेको देखिएको छ । यस घटना बारे थप जानकारी प्राप्त भएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।