१० जेठ,काठमाण्डौ ।
धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेटेटिभ आएको जनाएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पु¥याइएको केही समयपछि नै मृत्यु भएको थियो ।
उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले जानकारी दिनुभयो । उहाँका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज) छ ।







