कोरोनाले मृत्यु भनिएका बिरामी भेन्टिलेटरमा उपचार हुदै

७ जेठ,काठमाण्डौ ।
बुधबार दिउसो केहि राष्ट्रिय अनलाईन समचार पोर्टलले गुल्मीका कोरोना संक्रमित एक बिरामीको मृत्यु भएको खबर सार्बजनिक गरेको थियो । तर सो समचार सत्य नभएको अस्पताल प्रशासनले बताएको छ ।रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पातालकमा उपचाररत कोरोना संक्रमित बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले प्रेस बिज्ञप्ती जारी गरी जनाएको हो। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको हो ।यसअघि बुधबार बिहानै उनको कोरोना भाईरसका कारण मृत्यु भएको खबर प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमार्फत् मिडियामा बाहिरिएको थियो । गुल्मी निवासी बिरामी गत जेठ १ गतेदेखि क्रिमसन अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको हो ।यस अघि राष्ट्रिय अनलाइन मिडिया सेतोपाटी डटकमलाई उदृत गर्दै नेपाली टिभीमा प्रकाशित समाचारका कारण परिवारजन, आफन्त र पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।