७ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको खबर सेतोपाटीले छापेको छ । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मी घर भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने
भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो।मृतक पेशाले शिक्षक हुन् । उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको समचारमा उल्लेख छ ।नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्। sample photo*






