५ जेठ, नेपालगञ्ज ।
बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । कुन–कुन क्षेत्रकालाई कोरोना देखियो भन्ने विवरण आउन बाँकी छ । अनलाईन नेपालबाट






