दिबेश पोख्रेल बने अमेरिकन आइडलको उपबिजेता (भिडियो सहित)

१८ मे,सिड्नी ।
चर्चित रियालिटि शो अमेरिकन आइडलको अन्तिम प्रतिष्प्रर्धा सम्पन्न भएको छ । यस पटकको संस्करणमा अर्थर गनका उपमाले चिनिएका नेपाली युबा दिबेश पोख्रेल उपबिजेता बनेका छन् । रियालिटि शोको टाटल भने २१ बर्षीय अमेरिकन जस्ट साम बनेकी छिन् ।आजको ग्रयाण्ड फिनालेमा दिबेश शोमा टप फाइभमा बाट भोटिङका आधारमा उत्कृष्ट २ मा पुग्दै शोको उपबिजेता बनेका हुन् । आजको शो सुरु भएको केहीबेरमा नै भोटिङ सुरु भएको थियो । अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका गएका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्ष देखि संगीतको

https://www.facebook.com/AmericanIdol/videos/2958579047567345/

क्षेत्रमा छन् । सांगितिक यात्राको छोटो समयमा नै उनलाई ठुलो सफलता मिलेको छ । उनको जितमा विश्वका नेपालीले सामाजिक संजालमा बधाई तथा शुभकामना ब्यक्त गर्दै खुसी समेत ब्यक्त गरिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।