नेपालमा लकडाउन जेठ २० सम्म लम्बियो !

४ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरस (कोभिड१९)ले दुइ जनाको मृत्यु भैइसकेको छ । भने,करिब ३ सय जना संक्रमित पुष्टी भएका छन् । दैनिक रुपमा संक्रमण बढ्दो क्रममा रहेपछि लकडाउन आगामी २० गतेसम्म लम्ब्याउने मन्त्रीपरिषदले निर्णय गरेको छ ।कोभिड नियन्त्रण समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष सरकारलाई गराएपछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।