बिदेशका नेपालीको उद्दार गर्ने प्रस्तावलाई प्रधानमन्त्रीद्वारा अस्विकार

४ जेठ,काठमाण्डौ ।
नेपाल लगायत बिदेशकै लकडाउनका कारण बिभिन्न मुलुकमा रहेका लाखौ नेपालीहरु समस्यामा परेका छन् । नेपालीको उद्दार गर्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना समेत भइरहेको छ ।सरकारले चीनमा अध्ययनरत नेपाली बिध्यार्थीहरु र बंगलादेशमा अध्ययनरत एक बिध्यार्थी बाहेक अहिले सम्म उद्दार गरेको छैन । भारत,कुबेत र इजरायल लगायतका केहि देशका केहि नेपालीहरु अलपत्र समेत परिरहेका छन् । यसैबिच सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।

‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिन थालेका छन् । त्यसैले उद्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ । उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो । दुई साता अघि देखि दुबई सरकार आफैले नेपाल फर्कन चाहने नेपालीले दुबई सरकारकै चार्टड बिमान बाट काठमाण्डौ अबतरण गरदिने र सोको लागि अनुमती माग्दा समेत नेपाल सरकारले दुबईलाई अनुमती दिएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।