४ जेठ,काठमाण्डौ ।
बाँकेको नरैनापुर गाउँपालिका-५ स्थित दीपेन्द्र प्राथमिक विध्यालयमा रहेको क्वारेन्टिनमा रहेका एक युबाको आइतबार बिहान मृत्यु भएको छ । क्वारेन्टिनमा रहेका युबाको स्वास्थ्य अबस्था नाजुक बनेपछि उनलाई अस्पताल लैजान शनिबार राती देखि नै कोसिस गरिएको थियो तर एम्बुलेन्स नआएको र बिहान मात्रै एम्बुलेन्स आएको थियो । युबाले बिहान ४ बजेको समय तिर दुइ पटक समेत
बान्ता गरेका थिए ।बिहान साढे ६ बजे पछि मात्रै एम्बुलेन्स आएको र सो समयमा युबाको मृत्यु भईसकेको क्वारेन्टिनमा रहेका स्वास्थ्यकर्मीले बताएका छन्। मृत्युलाई कोरोनाभाइरसकै आंसका गरिए पनि उनको शनिबार कलेक्सन गरिएको स्वाबको रिपोर्ट आइसकेको छैन । उनको रिपोर्ट आज आउने बुझिएको छ । कोरोनाको रिपोर्ट आएपछि मात्रै उनको सब उठाइने र अन्त्यष्टी गरिने बुझ्नमा आएको छ ।मृतक युबा भारतको मुम्बई बाट वैशाख ३० गते नेपाल आएर सिधै क्वारेन्टिनमा बसेका थिए । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् ।






