३ जेठ,काठमाण्डौ ।
शुक्रबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेको २९ बर्षीय सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको फेसबुकमा लेखेका छन् ।दुलालका अनुसार सम्बन्धित स्थानहरु जिल्ला
कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिने समेत लेखेका छन् ।यद्यपि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझको पत्रकार सम्मेलनमा महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका थिए ।






