३ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमित संख्या बढ्दो क्रममा छ । यसैबिच पहिलो पटक नेपाली सेनामा कार्यरत २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी दिए ।प्रबक्ता पाण्डेका अनुसार उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत हुन् । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं
ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका थिए । उनीहरु नै सेनामा कार्यरत भएको खुलेको हो । यो समचार तयार पार्दा सम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।






