नेपालमा कोरोना संक्रमण बढ्दो,संक्रमित संख्या पुग्यो २७८

३ जेठ,काठमाण्डौ ।
नेपालमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार मध्यान्ह स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा सो जानकारी गराइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित महोत्तरीका ५२ पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेका छन् ।यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनलेबताए । कोरोना हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ । शुक्रबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी सिन्धुपाल्चोककी २९ बर्षीया महिलामा समेत कोरोनाको आंसका गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।