३ जेठ,काठमाण्डौ ।
धुलिखेल अस्पतालमा शुक्रबार मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टी भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबि छ । तर धुलिखेल अस्पताल र चिकित्सकका अनुसार उपचारको क्रममा मृत्यु भएको हो । मृतक सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी महिला हुन् । मृत्युपश्चात उनको कोरोना भाइरस परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको
थियो ।उनको आरडिटी पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि टेकु ल्याइएको हो । त्यहाँ गरिएको रिपोर्टमा पनि पोजटिभ आएको अस्पताल स्रोतले जनाएकोछ । एकसाता अघि उनी शिक्षण अस्पताल काठमाडौमा सुत्केरी भएकी थिइन् ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिनुका साथै कोरोनाभाइरस पुष्टी नभएको बताए ।







