३ जेठ,काठमाण्डौ ।
धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमित सुत्केरी महिलाको मृत्यु भएको छ । शुक्रबार धुलिखेल अस्पताल आएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । मृतक सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी महिला हुन् । मृत्युपश्चात उनको कोरोना भाइरस परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।उनको आरडिटी पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि टेकु
ल्याइएको हो । त्यहाँ गरिएको रिपोर्टमा पनि पोजटिभ आएको अस्पताल स्रोतले जनाएकोछ । एकसाता अघि उनी शिक्षण अस्पताल काठमाडौमा सुत्केरी भएकी थिइन् । यसबारे स्वास्थ्य मन्त्रालयले आज हुने नियमित पत्रकार सम्मेलनमा जानकारी आउने बुझिएको छ ।






