२ जेठ,काठमाण्डौ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) यतिबेला नेपालमा फैलने क्रममा छ । नेपालमा लकडाउन खुकुलो गर्दै गर्दा कोरोनाभाइरसको संक्रमण फैलिनथालेसि लकडाउनलाई सुरुवाती चरणमा भन्दा निकै कडा गरिएको छ ।अहिले धैरैले कोरोनाको परिक्षणको माग गरेका छन् । यसैबिच काठमाडौं महानगरपालिकाका ६सय ६४ जना कर्मचारीमा
कोरोनाभाइरसको आरडिटि परिक्षण गरिएको छ । आरडिटिमा ३१ जनामा पोजेटिभ देखिएको छ ।कर्मचारीमा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले जानकारी दिए । उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविका लगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनका अनुसार ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए-नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।







