२ जेठ,काठमाण्डौ ।
नेपालमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमित संख्या २ सय ५८ पुगेको छ । नयाँ संक्रमितहरुमा मकवानपुरका ३७ बर्षीय एक पुरुष,बाँके,नैनापुरका ८ जना पुरुषहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ८ बजे सो पुष्टी गरेको हो । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको अबस्था सामन्य रहेको पनि मन्त्रालयलका सह प्रबक्ता डा.समिर कुमार अधिकारले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ ।






