नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमित संख्या २४९ पुग्यो

१ जेठ,काठमाण्डौ ।
नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमित संख्या २ सय ४९ पुगेको छ । नयाँ संक्रमितहरुमा काठमाण्डौ दहचोकका ७ बर्षीय बालक,जनकपुर धनुषाकी १७ बर्षीया किशोरी र धादिङकी ३० बर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको अबस्था सामन्य रहेको पनि  मन्त्रालयलका सह प्रबक्ता डा.समिर कुमार अधिकारले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।