३१ बैशाख,काठमाण्डौ ।
चिनियाँ सेनाले बुधबार आफ्नै जहाजमा नेपालका लागि स्वास्थ्य सामग्री ल्याइदिएको छ । बुधबार विहान चीनको चेङ्दुबाट उडेको विमान बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा अवतरण भएको थियो ।चिनियाँ जनमुक्ति सेना (पीएलए)ले सहयोगस्वरुप दिएको मेडिकल सामग्री पुर्याउन चिनियाँ सेनाको जहाज आफैं नेपाल आएको हो ।
जहाजले कोरोना जाँच गर्ने किट, औषधि र व्यक्तिगत सुरक्षा उपकरणलगायतका सामग्री ल्याएको जनाएको छ । यसअघि चीन सरकारले नेपाल सरकारलाई मेडिकल सामग्री सहयोग गरेको थियो ।






