नेपालमा ४ पत्रकारमा कोरोना पुष्टी,कहाँ कति छन् संक्रमित ?

३० बैशाख,काठमाण्डौ ।
पर्सा जिल्लामा मंगलबार पुष्टी भएका कोरोनाभाइरसका ३९ संक्रमित मध्ये ४ जना पत्रकार रहेको पुष्टी भएको छ । सोको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी पुष्टी गरेका हुन् । कार्कीका अनुसार संक्रमित सङ्ख्या अझै बढ्न सक्नेछ ।नेपालमा अहिलेसम्म १ सय ९१ जनामा कोरोनाभाइसको सङ्क्रमण पुष्टि भएको छ । यो समचार तयार पार्दा सम्म आज मात्रै ५७ नयाँ केस पुष्टी भएको छ । अहिलेसम्म १८ जिल्लामा सङ्क्रमण देखिएकोमा सबैभन्दा धेरै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।उदयपुरमा ३२ जनामा सङ्क्रमण पुष्टि भएकोमा १४ जना उपचारपछि निको भएका छन् । त्यस्तै कपिलवस्तुमा २९ जना र बाँकेमा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।रुपन्देहीमा १६ जनामा सङ्क्रमण पुष्टि भएको छ, काठमाण्डौमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा पाँचै जना उपचारपछि निको भएका छन् । कैलालीमा पनि सङ्क्रमण देखिएका चारै जना उपचारपछि निको भएका छन् ।

बारामा अहिलेसम्म तीन जनामा सङ्क्रमण देखिएको छ । रौतहटमा तीन जनामा सङ्क्रमण देखिएकोमा एक जना उपचारपछि निको भएका छन् । बागलुङमा दुई जनामा सङ्क्रमण देखिएकोमा दुई जना नै निको भएका छन् ।चितवन र झापामा दुई/दुई जनामा सङ्क्रमण देखिएकोमा एक/एक जना उपचारपछि निको भएका छन् । बर्दियामा एक जनामा सङ्क्रमण देखिएको छ । भोजपुर र कञ्चनपुरमा सङ्क्रमण देखिएका एक/एक जना उपचारपछि निको भएका छन् । सप्तरी र सर्लाहीमा एक/एक जनामा सङ्क्रमण देखिएको छ ।
उज्यालोको सहयोगमा*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।