३० बैशाख,दुबई ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण दुबईमा समेत बढीरहेको छ । दुबईमा रहेका नेपालीहरुमा पनि संक्रमण बढ्दो रहेको छ । यसैबिच दुबई सरकारले नै नेपाल फर्कन चाहने नेपालीहरुलाई काठमाण्डौ बिमान चार्टड गरी छोड्ने तयारी गरे पनि नेपाल सरकारले अनुमती दिइसकेको छैन ।यसैबिच दुबईमा रहेका कोरोना संक्रममित एक युबाले मर्नुभन्दा पहिले
जन्मेको माटोमा खुट्टा टेक्न चाहेको भन्दै फेसबुकमा मार्मिक स्टाटस लेखेका छन् ।ट्वीटरमा पत्रकार बिजयकुमारको स्टाटसमा प्रतिक्रिया दिदै कैलालीको लम्की चुहा नगरपालिकाका बिपन खनालले आफू २४ दिनदेखि कोरोनाबाट संक्रमण भएको उल्लेख गर्दै रिकभर हुने आस नभएकोले मर्नुभन्दा पहिले एक पटक जन्मेको माटोमा टेक्न चाहेको बताएका छन् ।
बिपन लेख्छन्, म दुबई मा छु । कोरोना भाईरस पोजिटिव भएर कोठामा बसेको २४ दिन भैसक्यो।कम्पनीले खुल्लेआम छोडेको छ सबैलाई। क्वारेन्टाईनको खास प्रभाव छैन।सय जना जती एउटै फ्ल्याटमा राखेको छ। यसमा रिकभर हुन्छु भन्ने आशा त छैन। तर मर्नु पहिले एक पटक जन्मेको माटोमा खुट्टा टेक्न चाहन्छु। तर कसरी होला ।
पत्रकार बिजयकुमारले ट्वीटरमा लेखेका थिए, युएईको उच्च कुटनैतिक श्रोतले बतायो, हामी हाम्रो देशमा कार्यरत , नेपाल फर्कन चाहने नेपालीहरुलाई, नेपाल फर्काउन आव्शक संख्यामा बिमान सेवा सहयोग गर्न तैयार छौ । तर हाम्रो अफर प्रति नेपाल सरकार खासै उत्सुक पाएका छैनौ । हेरौ । पत्रकार बिजयकुमारको सोही ट्वीटमा खनालले यस्तो मार्मिक प्रतिक्रिया दिएका हुन् ।







