दुबईका नेपाली काठमाण्डौ छोड्न युएईले माग्यो अनुमती

२९ बैशाख,काठमाण्डौ ।
कोरोनाभाइरसका कारण कतारले कोरोनाको संक्रमण फैलनु पुर्ब नै २ सय ५० भन्दा बढी नेपाली श्रमिकहरुलाई नेपाल डिपोर्ट गरी फर्काएको थियो । फर्काईएकाहरुको तलब तथा सुबिधा समेत कतारले नेपाल पठाइसकेको छ ।कोरोनाकै कारण अहिले दुबईमा रहेका नेपाली श्रमिकहरुलाई नेपाल पठाउने तयारीमा दुबई सरकार लागेको छ । यसैबिच दुबइले नेपालीहरुलाई उद्दार गरीकाठमाण्डौ फिर्ता पठाउने तयारी गरिसकेको र बिमान अबतरणका लागि परराष्ट्रलाई जानकारी गराउदै अनुमती मागेको छ । नेपाल सरकारको कमजोरीका कारण आफ्ना नागरीकलाई अरु देशले नै उद्दार गरेको छ ।यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’

उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था छ । विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांक अनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ,’ उनले भने ।

भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए । ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताए । ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुन्छ,’ उनले भने । सीमामा आएर अलपत्र परेका नेपालीहरुको व्यवस्थापनको लागि गृह मन्त्रालयले तयारी गरिरहेको बताए । ‘आजभोलि नै यो विषय टुंगिन्छ,’ ज्ञावालीले भने ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।