२९ बैशाख,काठमाण्डौ ।
नेपालमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि समय अघि प्रेस नोट जारी गरी सोको पुष्टी गरेको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ र अर्का एक जना उमेर नखुलेका पुरुष गरि १०
जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा १ सय २० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा करिब डेढ महिना देखिको लकडाउन अहिले देशैभर खुकुलो समेत भइसकेको छ ।






