लिपुलेकमा सडक बनेपछि नेपालको औपचारिक असन्तुष्टि

२७ बैशाख,काठमाण्डौ ।
छिमेकी मुलुक भारतले शुक्रवार नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले शनिबार आधिकारिक रूपमा प्रेस बिज्ञप्ती जारी गरी कडा रुपमा आपत्ति जनाएको छ ।भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार दार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । सोही दिन नेपालको संसदबैठकमा सांसदहरुले ब्यापक रुपमा सरकारको काम-कार्बाहीको कडा शैलीमा आलोचना गर्दै लिपुलेकमा भारतले सडकको उद्घान गरिसक्दा सम्म पनि सरकार मौन रहेको भन्दै बिरोध गरेपछि आज परराष्ट्रमन्त्रालयले औपचारिक रुपमा असन्तुष्ट ब्यक्त गरेको हो । परराष्ट्र मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको भनिएको छ । नेपाल भारतका प्रबुद्ध व्यक्तिहरूको समुह ईपीजीको प्रतिवेदन बुझ्न नेपाल तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।