२७ बैशाख,काठमाण्डौ ।
२६ गते बसेको संसद बैठकमा सांसदहरुले लिपुलेकमा भारतले मानोसरोवर जाने सडकको उद्दघाटन गरिसक्दा पनि सरकार मौन बसेको भन्दै आफ्ना धारण राखेपछि यो बिषयले महत्वपाएको छ ।यसै बिषयलाई लिएर परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले लिपुलेकमा सडकको बारेमा आफूलाई जानकारी नभएको बताएका छन । भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश
मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको आफूलाई जानकारी नभएको बताएका हुन । मन्त्री ज्ञवालीले मार्ग खोल्यो भन्ने जानकारी भएको तर यो विषयमा अध्ययन गर्न नपाएको बताए । अध्ययन गरेपछि सबै कुरा थाह हुने उनको भनाई छ । उक्त सडकमार्गको भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्विटमार्फत ‘मानसरोवर जाने लिंह रोडको उद्घाटन गर्न पाउँदा खुसी लागेको छ ।
बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले दार्चुलादेखि लिपुलेक जोड्ने उपलब्धि हासिल गरेको छ । भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको’ बताएका थिए ।







