१९ बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ५९ पुगेको छ । शुक्रबार मात्रै थप २ जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो । ५९ जना मध्ये यसमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् ।शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय कोरोनाको संक्रमण फैलन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर प्रविधिबाट हालसम्म १२ हजार ५७७ जनाको परीक्षण भइसकेको छ भने आरडीटी प्रविधिबाट ४७ हजार ७९७ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४६१ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।प्रदेश १ मा ५०८९, प्रदेश २ मा ५६१७, बागमती प्रदेशमा ८४९४, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ४०३५, कर्णाली प्रदेशमा ५५६७, सुदूरपश्चिम प्रदेशमा १३५८४ जनाको आरडीटी विधिबाट परीक्षण भएका छन् ।
अहिले क्वारेन्टाइनमा २४ हजार ९०७ जना रहेका छन् भने काठमाडौँमा ५ जना गरी आइसोलेसनमा ९४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा सम्भावित संक्रमितका रुपमा रेड जोनमा ३ जना थपिएका छन् । रेड जोनमा हाल ३ सय १५ जना रहेका छन् ।







