रोल्पाको बम विष्फोटमा ४ बालबालिकाको मृत्यु

१८ बैशाख,काठमाण्डौ ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार साँझ बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटना पुष्टि गरेको खबर सेतोपाटीले लेखेको छ ।बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएकोडिएसपी गुरुङले सेतोपाटीलाई बताएको उल्लेख छ ।‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने । घटनाको थप जानकारी केहि समयमा आउने पनि उल्लेख गरिए छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।