१८ बैशाख,काठमाण्डौ ।
अपहरणमा परेको दाबी गर्दै आएका सांसद सुरेन्द्र यादबको उजुरी नेपाल प्रहरी र सरकारी बकिलको कार्यालयले समेत दर्ता नगरेपछि यादबले मानबअधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद्दय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्द मानव अधिकार आयोगमा निवेदन दिएका हुन् ।






